लेखहरु

आमा-बुवाका हक अधिकारहरु

आमा-बुवाका हक अधिकारहरु

आमा-बुवाको सेवा र हेरचाह सर्वोत्कृष्ट पुण्य हो-इस्लामले आमा-बुवाको सेवा र उनीहरुसित भद्र व्यवहारलाई सर्वोत्कृष्ट सत्कर्म घोषित गरेको छ। अल्लाहले आफ्नो उपासनासँगै आमा-बुवाको सेवालाई वर्णन गर्नु भएको छ।

होटल र दोकानहरुमा पाइने मासुको आदेश…

होटल र दोकानहरुमा पाइने मासुको आदेश…

  1. १) गैर-मुस्लिम र गैर अहले-किताबले जबह गरेको छ, जस्तै… हिन्दू, बौद्ध र नास्तिक। त्यो अवैध छ, खानु हुँदैन। त्यसैगरी जुन मुलुकहरुमा गैर-मुस्लिमहरुको बाहुल्यता छ, त्यहाँका होटल र मासु पसलहरुका मासु वैध (हलाल) प्रमाणित नहुन्जेल अवैध छ, त्यसलाई खानु हुँदैन।
  2. २) मुस्लिम वा अहले-किताबले वैधानिक तरिकाले जबह गरेको छ भने सर्व सम्मतिद्वारा वैध (हलाल) छ।
  3. ३) मुस्लिम वा अहले-किताबले अवैधानिक  तरिकाले जबह गरेको छ, जस्तै… बिजुलीको करेन्ट वा पानीमा मारेको छ भने त्यो पूर्ण रुपमा अवैध छ।
  4. ४) अहले-किताबले जबह गरेको छ, तर उसलाई जबह गर्ने तरिका थाहा छैन, त्यसैगरी उनीहरुको होटलमा पाउने मासु छ भने बिस्मिल्लाह भनेर खान सकिन्छ, तर वैध (हलाल) मासु भएको होटल खोज्नु नै बेस हो।

समुद्री खानेकुराहरु – थलचर जनावरहरु

समुद्री खानेकुराहरु

पानीमा रहने र पानी बाहिर धेरै बेर बस्न नसक्ने जलचरहरुलाई समुद्री खानेकुराहरु भनिन्छ।

समुद्र भनेको धेरै पानी भएको ठाउँ हो। यसले खोला, नदी र सागरहरु सबैलाई समेटेको छ।

समुद्रमा भेटिएका सम्पूर्ण खानेकुराहरु, जस्तै… जनावर, वनस्पति, शिकार गरिएको वा मृत फेला परेको स्वास्थ्यको लागि हानिकारक छैन भने खान जायज छ।

अल्लाहले भन्नु भएको छ… “तिमीहरुका लागि समुद्रका शिकार र खानेकुराहरु वैध गरिएका छन्।” (श्रोत- सूरह अल्-माइदा : ५/९६)

समुद्रबाट जीवित समातिएकालाई शिकार र मृत फेला परेकालाई खानेकुरा भनिएको छ।

थलचर जनावरहरु

पानी बाहिर रहेका जनावरहरुलाई खानको लागि दुईवटा शर्तहरु हुनु आवश्यक छन्…

  • १- वैध जनवार हुनुपर्छ।
  • २- त्यसको शिकार वा जबह इस्लामि तरिकाले हुनुपर्छ।

वैधानिक शिकार

वैधानिक शिकार

जुन जनावर र चराहरुको मासु खानु जायज छ र त्यसलाई समातेर जबह गर्नु गाह्रो हुन्छ भने त्यसको शिकार गर्नु जायज छ, जस्तै… वनजङ्गलमा रहेका मासु नखाने चराहरु, हरिण, खरायो इत्यादि।

वैधानिक तरिकाले जबह गर्नु (रेट्नु)

वैधानिक तरिकाले जबह गर्नु (रेट्नु)-

इस्लामि विधि अनुसार जबह वा नहर गर्नु हो।

जबह गर्ने इस्लामि शर्तहरु…

  1. १) जबह गर्ने व्यक्ति मुस्लिम वा अहले-किताब (यहूदी वा ईसाइ) हुनुपर्दछ।
  2. २) जबह गर्ने हतियार धारिलो र उपयुक्त हुनुपर्छ, जसले जबह गर्दा रगत निस्कियोस्, जस्तै… छुरी। जनावरलाई थिचेर वा जनावरको टाउकोमा हनेर वा बिजुलीको करेन्ट लगाएर मार्नु अवैध छ।
  3. ३) जबह गर्ने (रेट्ने) बेला बिस्मिल्लाह भन्नु पर्छ।
  4. ४) जबह गर्ने बेला घाँटीका ठूलो नसाहरुलाई काट्नु पर्छ, खाने नली, हावाको नली, दुवै धमनीहरु इत्यादि।

उपर्युक्त शर्तहरूलाई ध्यानमा राखेर जबह गर्यो भने जनावर वैध (हलाल) हुन्छ, नत्र जनावर हलाल हुँदैन।

वैध जनावरहरू के के हुन्?

वैध जनावरहरू के के हुन्?

वास्तवमा सबै जनावरहरु वैध (हलाल) छन्, कुरआन र हदीसबाट अवैध प्रमाणित नहुन्जेल सम्पूर्ण जनावरहरु वैध (हलाल) र खान योग्य छन्।

अवैध जनावरहरु निम्न प्रकारका छन्-

अवैध जनावरहरु निम्न प्रकारका छन्-

लागूपदार्थहरु

लागूपदार्थहरु

लागूपदार्थको सेवन-  स्थानीय रुपमा बोटबिरुवाबाट तयार पारिएको होस् वा विदेशबाट आयात गरिएको होस्, चाहे नाकद्वारा सुँघेर वा मुखबाट निलेर वा सूईद्वारा लिएर वा जुनसुकै तरिकाले प्रयोग गरियोस् यो महापाप हो। यसले मानिसको बुद्धि र पाचनक्रियालाई बर्बाद पार्नका साथै मांसपेशीका विभिन्न रोगहरुलाई निम्तियाउँछ, यसको लत लागिसकेपछि जीवनभर पछुताउनु पर्दछ र मृत्युले नै यसको समाप्ति हुन्छ। अल्लाहले भन्नु भएको छ… “आफैंले आफ्नो खुट्टामा बन्चरो नहान, वास्तवमा अल्लाह तिमीहरुप्रति अति दयालु हुन्।” (श्रोत- सूरह अन्-निसा : ४/२९)

मदिरा र नशालु पदार्थहरु

मदिरा र नशालु पदार्थहरु

मदिराको अर्थ- यी ती वस्तुहरू हुन्, जसले मानिसको मस्तिष्कलाई धुत्त बनाई दिन्छ वा त्यसलाई अलमल्ल पार दिन्छ वा त्यसमा नकारात्मक प्रभाव पार्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “प्रत्येक नशालु पदार्थ मदिरा (खमर) हो र मदिरा अवैध छ।” (श्रोत- मुस्लिम : २००३) चाहे त्यो फलफूल, जस्तै… अंगुर, किश्मिस, खजुर वा अन्नहरु, जस्तै… गहुँ, जौ, मकै, चामल वा गुलियो पदार्थ, जस्तै… महबाट तयार पारिएको होस्। त्यसैले मस्तिष्कलाई छोप्ने हरेक प्रकारको नशालु पदार्थहरू, जुनसुकै नाम र रङ्गमा होस्, यद्यपि जूस, मिठाई र चकलेटमा मिसाइएको होस् सबै अवैध छन्।

खानपिनको असल आधार वैध हो

खानपिनको असल आधार वैध हो-

सबै खानेकुरा र पेय-पदार्थहरु वैध (हलाल) छन्। मानिसको स्वास्थ्य, आचरण र धर्ममा नकारात्मक असर पुर्याउने कुराहरूलाई मात्र अवैध गरेको छ। अल्लाहले केही हराम बाहेक सबै खानेकुराहरुलाई मानिसहरुको लाभको लागि सृष्टि गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ- “उहाँले नै पृथ्वीमा भएका सम्पूर्ण वस्तुहरूलाई तिमीहरूका लागि सृष्टि गर्नु भएको छ।” (श्रोत- सूरह अल्-बकरह : २/२९)

बोटबिरुवा र फलफूलहरु

मानिसले उब्जाएको हरेक प्रकारको बोटबिरुवा, साग-सब्जी, फलफूल वा वन-जङ्गलबाट ल्याएका घाँस-पात तथा च्याउ सबै खान वैध (हलाल) छन्। तर शरीर र स्वास्थ्यको लागि हानिकारक वा मानसिक शक्ति भ्रष्ट गर्ने कुराहरूलाई मात्र अवैध गरिएको छ। जस्तै… जाँड, रक्सी र लागूपदार्थहरु।

Search Videos

<

IslamNepal.com

Go to top