लेखहरु

मृतकलाई मृत्युपछि कस्तो कार्य गरेर लाभ पुर्याउन सकिंन्छ ?

नेक सन्तानको दुआ माता पिताको लागि स्वीकार हुन्छ ।

हाम्रो जीवन सीमित छ, हामी चाहे या न चाहे एक दिन हामी मर्नु पर्छ र मरे पछि सानो र अंधेरो कब्र (चिहान) कोठामा पुग्नु छ। मर्ने बितिक्कै यो संसारबाट हाम्रो पुण्यकार्य गर्ने सिलसिला सकिंन्छ, बरज़खी (चिहान) को अवस्थामा रहेको जीवनमा हामीलाई एक एक पुण्यको आवश्यकता हुन्छ, इच्छाको भएर पनि केही गर्न सक्दैनौ। तर अल्लाहले केही यस्तो तरिका राखेका छन् जसको माध्यमबाट कब्रमा पनि केही लाभ मिल्न सक्छ। यसमा मुख्य रूपमा दुई चीजहरु छन् ।

मृत्यु शुरूवात नयाँ जीवनको

मृत्यु शुरूवात नयाँ जीवनको

              मृत्यु एउटा यस्तो सत्य हो जसलाई अस्वीकार गर्ने सामर्थ्य कसैमा छैन । कुनै समाज, देश, धर्म, सभ्यता वा संस्कार होस् सबैमा केही आपसी मतभेदहरु अवश्यै पाइन्छ तर मृत्युको बारेमा कुनै मतभेद छैन । मृत्युले सबैलाई एक दिन अङ्गालो मार्ने कुरामा सबैजना विश्वस्त छन् । मानव जाति मात्र होइन जनावर तथा चरा चुरुङ्गी पनि यस सत्यताका अपवाद होइनन् । गुडिरहेको गाडी देखेर बाटोमा हिंडिरहेको जनावर पनि भाग्छ । यो हो मृत्युको आतंक ?

मृत्युबाट छुट्कारा छैन

मृत्युबाट छुटकारा छैन

भनिन्छ हज़रत सुलैमान अलैहिस्सलामसँग भेट्न फरिश्ताहरु बेलाबेलामा आइरहन्थे। एक पटक प्राण निकाल्ने फरिश्ता आएका थिए । त्यसबखत सुलैमान अलैहिस्सलामको साथमा एउटा मानिस बसेर कुरा गरिरहेको थियो । त्यो फरिश्ताले त्यस मानिसलाई खुब नियालेर हेरिरहेको थियो, त्यो देखेर मानिस छक्क पर्यो आखिरी किन मलाई एकोहोरो हेरिरहन्छ भनेर । जब त्यो फरिश्ता गयो, त्यसपछि त्यो मानिसले हज़रत सुलैमान अलैहिस्सलामसँग सोधे- वहाँ को हुनुहुन्थ्यो ? जसले मलाई खुब हेरिरहन्थ्यो ?

रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) र संकटको अवस्था

रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) र संकटको अवस्था

रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ले खुल्ला रुपमा दावत (इस्लाम धर्मको प्रचार) गर्न थाल्नु भयो तब देखि जसले वहाँलाई सादिक र अमिन भन्थे उनीहरु नै शत्रु बने । हरेक प्रकारले सताउन थाले । वहाँ माथि बारम्बार शारीरिक हमला भयो तर पनि वहाँको पाउ अलिकति पनि डगमगाएन । वहाँ मक्काको बजारमा मेलामा घुमी घुमी मानिसहरुलाई एक ईश्वरको भक्ति गर्न सन्देश दिनु हुन्थ्यो ।

रसूलको आज्ञापालन किन गर्नु पर्छ  ?

ढुंगाले पनि अल्लाहको लागि सज्दा गर्छ

अल्लाहले यस संसारलाई सृष्टि गरे पश्चात यसको बासीको रूपमा पहिला जिन्न (दानव) हरूलाई सृष्टि गर्नुभयो, तर उनीहरूले यस सुन्दर संसारमा उपद्रव र रक्तपात गर्न थाले र अल्लाहले निर्धारित गरेका सीमाहरूको अतिक्रमण गर्न थाले, अनि अल्लाहले यस सुन्दर संसारको बासिन्दाको रूपमा मनुष्यलाई माटोबाट सृष्टि गर्ने इच्छा गर्नु भयो,

लाइलाह इल्लल्लाह मुहम्मदुर्रसूलुल्लाह”

लाइला ह इल्लल्लाह, मुहम्मदुर्रसूलुल्लाह

लाइलाह इल्लल्लाहमुहम्मदुर्रसूलुल्लाहको अर्थ र शर्तहरु (इस्लामको अर्कान) मा हुनुपर्ने

अल्लाह सिवाय कोही सत्य पूज्य छैन, मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम अल्लाहको रसूल हुनुहुन्छ । यो दुई शब्दको एक वाक्यलाई कलमा भन्दछन् ।

यही शब्दलाई पढेर, यसको वास्तविकतालाई स्वीकार गरेर मानिस मुस्लिम बन्दछ, यस शब्दको अर्थ हो सत्य र वास्तविक पूज्य ईश्वर केवल अल्लाह नै हो, अल्लाह बाहेक जसलाई पूज्य मान्दछन् ति सबै झूटो र असत्य हुन । त्यसमा कुनै वास्तविक सत्य छैन, त्यसलाई पूज्य भन्नु वा ठान्नु असत्य र बेफाइदा छ ।

संसारमा केलव एउटै ईश्वर छन्

संसारमा केलव एउटै ईश्वर छन्

संसारमा केलव एउटै ईश्वर छन्, यस सम्बन्धमा हामी तपाईलाई हिन्दू धर्म ग्रन्थ वेद, ईसाई धर्म ग्रन्थ बाइबल र इस्लाम धर्म ग्रन्थ कुरआनको माध्यमबाट प्रमाणित तथ्यहरु पेश गर्ने छौं ।

सत्य मार्गमा निमन्त्रणा

सत्य मार्गमा निमन्त्रणा

सत्य मार्गमा निमन्त्रणा –केही दिन पछि वहाँलाई उनै फरिष्ताको माध्यमबाट यो निर्देशन मिल्यो कि अब तिमी उठ, मानिसलाई आखिरत (महाप्रलय) को दिनको बारेमा सचेत गराउ र उनलाई बताउ ईश्वर नै सबैभन्दा ठूला हुन्, सबै प्रशंसा उनैको लागि हो ।

सन्देशवाहक मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका शिक्षाहरु

मुहम्मद सल्ल. मुर्खहरुको साथ पनि नरम व्यवहार गर्दथे र अत्याचारीलाई पनि क्षमा गर्दथे।

सन्देशवाहक मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम) को बारेमा आज मानिसहरु के आरोप लगाउँछन् भने इस्लाम धर्मले आतंकवाद सिकाउँछ, मुसलमानहरु आतंकवादी हुन्छन् र मुहम्मद(सल्लल्लाहु अलैही व सल्लम) ले आतंकवादका शिक्षा दिएका छन्। पश्चिमी समाज यस्तो आरोप लगाउनेहरु मध्ये सबै भन्दा बढी देखिएका छन् । सेप्टेम्बर 11 को घटना पछि त पश्चिमी समाजले मुसलमानहरुलाई आतंकवादी सिद्ध गर्न आफ्नो सम्पूर्ण शक्ति लगाएको थियो । मुहम्मद (सल्लल्लाहु अलैही व सल्लम)लाई अपशब्दले सम्बोधन गर्ने र तथानाम किसिमले गाली गर्ने गर्छन्।

Search Videos

<

IslamNepal.com

Go to top